राष्ट्रिय दैनिक / नवलपरासी, २७ माघ
हिजो राति सरावल गाउँपालिका वडा नम्बर ४ हात्तिवनमा सिंचाइ प्रयोजनको लागि जडान गरिएको २५ एम्पिएरको विद्युत ट्रान्सफर्मर चोरी भएको छ।
चोरीपछि भूमिगत डिप ट्युबवेल बन्द भएपछि गहुँ खेतीका दर्जनौं किसान सिंचाइको अभावमा समस्यामा परेका छन्।

स्थानीय मनाेज पाण्डेयका अनुसार ट्रान्सफर्मर चोरी भएपछि डिप ट्युबवेलबाट पानी आपूर्ति रोकिएको छ। स्थानीय सुर्य नरायण यादवले भने, “किसानको समस्यालाई ध्यानमा राखी आयोजनाले अबिलम्ब अर्को ट्रान्सफर्मर राखेर सिंचाइ सुचारु गर्नुपर्नेछ।”

साथै यो पहिलो घटना होइन। विगत वर्ष सरावल गाउँपालिका वडा नम्बर २ अहिरौल्ली, वडा ३ गोइनी र वडा ४ गोबरहियामा पनि सिंचाइ प्रयोजनको लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

