राजन कुमार बानिया /पर्सा,२७ माघ
पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत पर्ने कालिकामाई गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा आयोजित घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरू तथा स्थानीय जनसमुदायको उल्लेख्य सहभागितामा सम्पन्न उक्त कार्यक्रमले क्षेत्रीय राजनीतिमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
घरदैलो अभियानका क्रममा जसपा नेपाल पर्सा–४ तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार डा. कृपासिन्धु प्रसाद चौधरीले “अबको परिवर्तन युवाको नेतृत्व” भन्ने चुनावी नारासहित पार्टीका नेता–कार्यकर्तासँगै स्थानीय बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो। कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिनुका साथै परिवर्तन र नयाँ राजनीतिक संस्कृतिप्रति जनचासो बढ्दै गएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा सहभागी जसपा नेपालका नेताहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा युवामैत्री नीति पार्टीका प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै स्थानीय समस्याको पहिचान गरी तिनको समाधानका लागि संसददेखि सडकसम्म आवाज उठाइने प्रतिबद्धता व्यक्त गरेका थिए।
जसपा नेपालले आगामी दिनहरूमा पर्सा निर्वाचन क्षेत्र–४ का अन्य स्थानहरूमा समेत घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

घरदैलो कार्यक्रममा पूर्व मन्त्री तथा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका मा. सिंहगासन साह कलवार, धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, वडा अध्यक्ष देवेन्द्र प्रसाद कुर्मी, उमेश कुशवाहा, दीपक सराफलगायत पार्टीका थुप्रै नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

