बिनोद निगम / नवलपरासी, माघ २६
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नवलपरासीमा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोलि नवलपरासी आउँदैछन्।
सभापति लामिछानेको नवलपरासी भ्रमण कार्यक्रमको जानकारी नवलपरासी क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार नरेन्द्र गुप्ताले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत गराएका हुन्।
उम्मेदवार गुप्ताका अनुसार सभापति लामिछानेको भ्रमण सुनवलबाट सुरु भई परासी, बेलाशपुर, महेशपुर, भुजहवा र बेलाटारी हुँदै बर्दघाटसम्म पुग्ने तय भएको छ। भ्रमणका क्रममा सभापति लामिछानेले पार्टीका कार्यकर्ता, समर्थक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको राजनीतिक दृष्टिकोण, एजेन्डा र आगामी योजनाबारे धारणा राख्ने कार्यक्रम रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापतिको यस जिल्ला दौडाहाले नवलपरासीमा पार्टी संगठन थप सुदृढ हुनुका साथै चुनावी माहोललाई थप सक्रिय बनाउने विश्वास व्यक्त गरेको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको सक्रियताले नवलपरासीको राजनीतिक तापक्रम थप बढ्ने देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

