नवलपरासी, २५ माघ
पश्चिम नवलपरासीमा आफ्नै बुहारीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रामग्राम नगरपालिका–१७ पट्खौली निवासी शर्मिला हरिजनमाथि शनिबार मध्यराति डिजेल छर्केर आगो लगाउने प्रयास भएको हो। घटनामा संलग्न रहेको आरोपमा पीडितकी सासु कमलीदेवी हरिजनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिनुभयो।
पीडित शर्मिलाले दिएको जाहेरीअनुसार घटनामा उनका श्रीमान् २८ वर्षीय गजेन्द्र हरिजन तथा हुकई निवासी विष्णु हरिजनसमेत संलग्न रहेको उल्लेख छ। उनीहरू हाल फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
शर्मिलाका अनुसार उनका श्रीमान् वैदेशिक रोजगारीका क्रममा अष्ट्रेलियामा रहेका बेला उनी सासु तथा परिवारबाट निरन्तर घरेलु हिंसामा पर्दै आएकी थिइन्। श्रीमान् स्वदेश फर्किएको विषयसमेत जानकारी नदिई योजनाबद्ध रूपमा हत्या गर्ने प्रयास गरिएको दाबी उनले जाहेरीमा गरेकी छिन्।
घटनासम्बन्धी निवेदन प्राप्त भइसकेको र फरार अभियुक्तको खोजी तथा घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको डिएसपी पन्तले बताउनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

