अनिल बनिया/ नवलपरासी, २५ माघ
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ बलिनगरबाट प्रहरीले अवैध हतियार बरामद गरेको छ।
शनिबार दिउँसो करिब २ बजे अवैध रूपमा हतियार लुकाईछिपाई राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलाटारी, प्रहरी चौकी रामनगर तथा बीओपी बलिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गरेको हो।
खानतलासीका क्रममा बलिनगर निवासी करिब ४५ वर्षका श्रीराम पटेल भन्ने श्रीराम कुर्मीको घरको माथिल्लो तलाको कोठाबाट १२ बोर एकनाले बन्दुक १ थान, कार्टिज २ थान, खाली खोका १ थान तथा केही छर्रा र छर्रा बनाउने खाँचो बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीर दत्त पन्तका अनुसार घटनासम्बन्धी थप अनुसन्धान तीव्र रूपमा जारी छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

