Rashtriya Dainik

सुस्ता–५ बलिनगरमा अवैध हतियार लुकाएर राखिएको खुलासा, प्रहरीले बरामद गर्‍यो १२ बोर बन्दुक

राष्ट्रिय दैनिक /नवलपरासी ,२५ माघ

सुस्ता गाउँपालिका–५ बलिनगरमा अवैध रूपमा हतियार लुकाईछिपाई राखिएको खुलासा भएको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले एक व्यक्तिको घरबाट बन्दुकसहित गोलीगठ्ठा बरामद गरेको हो।

मिति २०८२ साल माघ २४ गते दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्र.नि. शिवकुमार क्षेत्रीको नेतृत्वमा, प्रहरी चौकी रामनगरबाट प्र.स.नि. पराग यादव तथा बीओपी बलिनगरबाट सप्रनि प्रबिन दत्तको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले बलिनगर निवासी करिब ४५/४६ वर्षीय श्रीराम पटेल भनिने श्रीराम कुर्मीको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरको माथिल्लो तलास्थित कोठामा लुकाइछिपाई राखिएको अवस्थामा १२ बोर एकनाले बन्दुक थान १, कार्टिज थान २, खाली खोका थान १, केही छर्रा तथा छर्रा बनाउने उपकरण फेला परेको प्रहरीले जनाएको छ।

बरामद सामग्री रीतपूर्वक जफत गरिएको छ।
अवैध हतियार लुकाएर राख्ने कार्यमा संलग्न रहेका श्रीराम कुर्मी फरार रहेको जनाउँदै प्रहरीले उनको खोजतलास तीव्र पारिएको जनाएको छ। साथै, उक्त घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित