दैलेख, माघ २५
नारायण नगरपालिका वडा नं. १ मा अवस्थित दैलेख टेक्निकल स्कुलमा स्वागत तथा विदाई कार्यक्रम विशेष समारोहका बीच सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षालयका अध्यक्ष अरुण पाण्डेयले वर्तमान समयको आवश्यकता सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र प्राविधिक शिक्षा भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई दक्ष र प्रतिस्पर्धी जनशक्ति बन्न आग्रह गरे।
उनले प्राविधिक शिक्षाले आत्मनिर्भरता र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्कुलको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आफू सधैं प्रतिबद्ध रहने स्पष्ट पारे।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शिक्षालयकी सञ्चालिका लता पाण्डेयको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रशिक्षकहरू डिल्ली लम्साल, जितेन्द्र तामाङ, लोकराज पन्त, भक्तबहादुर शाही, दुर्गा प्रसाद उपाध्याय र प्रेम खड्काले विद्यार्थीहरूलाई शैक्षिक मार्गनिर्देशन गर्दै शुभकामना मन्तव्य राखे। उनीहरूले प्राविधिक क्षेत्रमा रहेका अवसर र चुनौतीबारे विद्यार्थीहरूलाई सचेत गराउँदै निरन्तर सीप विकासमा लाग्न आग्रह गरे।
यसैगरी, विद्यालय व्यवस्थापन समितिका सदस्य चक्रबहादुर चन्दले विद्यालयको समग्र विकास र विद्यार्थीहरूको हितका लागि व्यवस्थापन समिति सधैं तत्पर रहेको बताए।
कार्यक्रमका अध्यक्ष तृतीय वर्षका प्रशिक्षार्थी अंग धामीले स्कुलले शैक्षिक सीपसँगै नेतृत्व विकासका अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे। कार्यक्रमको सञ्चालन द्वितीय वर्ष एच.ए. की प्रशिक्षार्थी अनामिका बिसीले गरेकी थिइन्।
तृतीय वर्ष एच.ए. का प्रशिक्षार्थी अंग धामीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्राविधिक शिक्षाको महत्व, वर्तमान आवश्यकता र विद्यार्थीहरूको भूमिकाबारे गहन छलफल गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
ल्याब टेक्निसियन, एच.ए., भेटनरी तथा सिभिल क्षेत्रका प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको दैलेख टेक्निकल स्कुल दैलेख जिल्लाकै एक महत्वपूर्ण शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै आएको छ। स्कुलले प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिँदै स्थानीय तथा राष्ट्रिय आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

