आरपी उपाध्याय /त्रिवेणी, २५ माघ
नेपाल नेत्र ज्योति संघ तथा डा. बिनोद निता कंडेल आँखा अस्पताल, परासीको आर्थिक सहयोगमा त्रिवेणी गाउँपालिकाको रानीनगरमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष मन्जु कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त शिविरमा स्थानीय सर्वसाधारणलाई निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो।
सो अवसरमा अध्यक्ष कंडेलले भरपर्दो र विश्वसनीय रूपमा आँखाका बिरामीलाई विशेषज्ञ चिकित्सकमार्फत उपचार सेवा दिन पाएकोमा आफू र अस्पताल कृतज्ञ रहेको बताउनुभयो।

उहाँले सिमावर्ती क्षेत्र सुर्यपुरा र रानीनगर सेवा केन्द्रलाई केन्द्रविन्दु बनाएर उपचार कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा ती सेवा केन्द्रको स्तर उन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शिविरमा डा. सिमा भण्डारी र डा. महेश साहद्वारा आँखाको परीक्षण गरिएको अस्पतालका प्रबन्धक अजय पाण्डेले जानकारी दिनुभयो। शिविरमार्फत १०२ जना व्यक्तिको निःशुल्क आँखा परीक्षण गरिएको थियो भने आवश्यक बिरामीलाई निःशुल्क औषधि पनि वितरण गरिएको आयोजकले जनाएको छ।

आँखा परीक्षणका क्रममा २१ जना बिरामीमा मोतियाबिन्दु समस्या देखिएको र ती बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि छनोट गरिएको जानकारी दिइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

