Rashtriya Dainik

धोबिनीमा आशा फाउन्डेसनद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, २२० मध्ये ८२ जनामा मोतियाबिन्दु फेला

राजन कुमार बानिया /पोखरिया, २४ माघ

पर्साको धोबिनी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। मानवताको लागि आशा फाउन्डेसनको आयोजनामा शनिबार धोबिनी गाउँपालिका–५ स्थित श्री ने.रा. प्राथमिक विद्यालयको प्राङ्गणमा उक्त शिविर सञ्चालन गरिएको हो।

शिविरमा कुल २२० जना स्थानीय नागरिकले आँखा सम्बन्धी स्वास्थ्य सेवा लिएका थिए। जसमध्ये ८२ जनामा मोतियाबिन्दु समस्या फेला परेको फाउन्डेसनका प्रतिनिधि सरोज पटेलले जानकारी दिनुभयो।


मानवताको लागि आशा फाउन्डेसनका अध्यक्ष इलियास अंसारीका अनुसार विपन्न, गरिब, सुकुम्बासी तथा अस्पतालसम्म सहज पहुँच नपुगेका नागरिकलाई लक्षित गरी एक दिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो। उहाँले फाउन्डेसनले पहिलो पटक आयोजना गरेको यस शिविरमा आँखा जाँच, परीक्षण तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको बताउनुभयो।
शिविरमा तिलगंगा आँखा अस्पताल, काठमाडौंका अनुभवी विशेषज्ञ चिकित्सकहरूको प्राविधिक सहयोग रहेको थियो। स्थानीयस्तरमै विशेषज्ञ सेवा पाउँदा सेवाग्राहीहरू उत्साहित देखिएका थिए।

आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता मानवीय तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित