संजय कुशवाहा / नवलपरासी २४ माघ
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका वडा नं.६ का जेष्ठ नागरिकलाई च्यवनप्राश वितरण गरिएको छ । वडाका सबै जेष्ठ नागरिकहरूलाई च्यवनप्राश वितरण दीर्घायु योजना अन्तर्गत वडा नं.६ नम्बर वडाका जेष्ठ नागरिकलाई च्वनप्राश र अर्थो प्लस तेल प्रतापपुर आयुर्वेद शाखाले वितरण गरेको हो ।
बिहीबार एक कार्यक्रमका विच वडा नं.६ का वडाध्यक्ष केशव प्रसाद अधिकारीको प्रमुख अतिथित्तामा च्यवनप्राश र अर्थो प्लस तेल वितरण गरिएको हो छ ।
जेष्ठ नागरिकको पोषण स्थितिलाई ख्याल राख्दै स्वास्थ्यवद्र्धक चेवनप्राश प्रतापपुर आयुर्वेद शाखाले वितरण सुरु गरेको हो । उहाँका अनुसार ४ सय जना जेष्ठ नागरिकलाई चेवनप्राश अर्थो प्लस तेल वितरण गरिएको छ ।

आयुर्बेद शाखा गाउँपालिका अन्तर्गत निकै प्रभावकारी हुदै गएको साथै उक्त शाखामा दिनहुँ बिरामीहरुको चासो पनि बढदै गएको छ । विगतको केही बर्ष देखी हजारौं मानिसहरु आयुर्वेद शाखा तर्फ आकर्षित हुदै गएको देखिन्छ ।
आयुर्बेद शाखाले निशुल्क रुपमा विभिन्न राेगकाे आयुर्बेद अाैषधि समेत लामाे समय देखि गर्दै आएकाे आयुर्बेद शाखाका प्रमुख दिनबन्धुु मिश्राले बताउनुभएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

