सुरेश यादव / नवलपरासी ,२४ माघ
पश्चिम नवलपरासीमा पाठेघर मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप अभियान भोलीदेखि सन्चालन हुने भएको छ।
यहि माघ २५ देखि २८ गतेसम्म सञ्चालन हुने खोप अभियानमा जिल्लाका ३ हजार ७५५ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले बताउनुभएको छ । खोप अभियानमा विद्यालय जाने ३ हजार ५२३ जना र विद्यालय बाहिर रहेका २ सय ८ जना किशोरीहरुलाई खोप लगाइनेछ।जसमा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय नजाने १० वर्ष उमेर पुगेका किशोरी तथा गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई खोपको दायरामा ल्याईने छ।
जिल्लाका सात वटा
स्थानीय तहमा १११ वटा सामुदायिक र ९३ वटा संस्थागत गरी २०४ वटा खोप केन्द्र विद्यालयमा स्थापना गरिएको छ । यस्तै विद्यालय नजाने किशोरीहरूका लागि बर्दघाट नगरपालिकाको संसारकोटमा एउटा खोप केन्द्र तोकिएको छ। माघ २७ गतेसम्म विद्यालयमा र २८ गते लगाउन छुटेका तथा विद्यालय नजाने किशोरीलाई लक्षित गरी स्वास्थ्य संस्थामार्फत खोप दिईनेछ। यस अभियानबाट नगरपालिकातर्फ सुनवलमा ७ सय ४६ , बर्दघाटमा ६ सय ७६, रामग्राममा ४ सय ४३ जनालाई लगाइने छ भने पालिकातर्फ प्रतापपुरमा ५ सय ७८,पाल्हीनन्दनमा ४ सय ८८, सरावलमा ३ सय ४८, र सुस्तामा ३ सय ७६ जना किशोरी लाभान्वित हुनेछन्।
खोप अभियानमा किशोरीहरुलाई सहभागी गराईदिन हुन सरोकारवाला समपुर्णलाई स्वास्थ्य कार्यलयले अनुरोध गरेको छ । जिल्लामा गत वर्ष सन्चालन गरिएको एचपीभी खोप अभियानबाट १८.३० प्रतिशत किशोरीहरुलाई लगाइएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

