राजन कुमार बानिया /पर्सा, माघ २४
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का नेकपा (एमाले) का उम्मेदवार जालिम मियाँ ले शनिबार पनि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन्। उनले शनिबार धोबीनी गाउँपालिका वडा नं. ४ अन्तर्गत लंगडी र बखरी टोल क्षेत्रमा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्।
घरदैलो क्रममा उम्मेदवार मियाँले आफू चुनावका बेला मात्र देखिने नेता नभई सधैं जनताको दुःख–सुखमा साथ दिने नेता भएको उल्लेख गरे।
“जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “अझै बाँकी रहेका विकासका काम पूरा गर्न तपाईंहरूको साथ आवश्यक छ।”
कार्यक्रममा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता, धोबीनी गाउँपालिकाका पूर्व अध्यक्ष सुरेश प्रसाद कुर्मी, पूर्व उपाध्यक्ष पारस प्रसाद कुर्मी, पूर्व वडाअध्यक्ष मजिद मियाँ, नन्दलाल कुर्मी, पूर्व गाविस अध्यक्ष अमिका पटेल, हरी पटेल, सदाम हुसेन, सुनिल साह कानु, बिरेन्द्र साह लगायतका स्थानीय नेता, कार्यकर्ता तथा पार्टी समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले पर्सा–४ को समग्र विकासका लागि अनुभवी, जनतासँग नजिक र भरोसायोग्य नेतृत्व आवश्यक रहेको बताउँदै एमाले उम्मेदवार जालिम मियाँलाई विजयी बनाउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

