आरपि उपाध्याय / नवलपरासी ,२३ माघ
शुभकामना आधारभूत विद्यालय सुस्ता ३ फेनहराको आयोजनामा चौथो सुस्ता गाउँपालिका स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ सिल्ड र प्रतियोगिता एक कार्यक्रमका बिच शुक्रबार सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रीता फौजदारको अध्यक्षता तथा सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि उपाध्यायले गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिताबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने बाटो खुल्ने र खेलकुद जिल्ला र राष्ट्रको लागि मात्र नभएर आफ्नो शारीरिक तन्दुरुस्ती बढाउने कार्य हुने हुँदा यसतर्फ सबैले मनन गर्नुपर्ने कुरा बताउनु भयो।
कार्यक्रममा शिक्षा शाखा प्रमुख चन्द्र बहादुर ठाडा मगरले खेलकुदमा सहभागी छात्रछात्रालाई धन्यवाद दिदै खेलमा कसैको जित र कसैको हार भए पनि जित हार स्वभाविक प्रक्रिया भएकोले आगामी दिनमा उच्च मनोबलका साथ सहभागीताको कामना गर्नुभयो।

खेलकुद प्रतियोगितामा विद्यालयका प्रधानाध्यापक सुदामा प्रसाद बि.क. ले खेलकुद प्रतियोगिताको आयोजना गर्न पाएकोमा आफू र विद्यालयको मनोबल बढेको चर्चा गर्दै खेललाई अनुशासित र मर्यादित बनाइएमा यसको नतिजा अत्यन्त राम्रो आउने पनि धारणा राख्नुभएको थियो।
कार्यक्रममा वडा न.३ का वडा अध्यक्ष हरिलाल दुसाध,लख्खु प्रसाद यादव लगायतल्र आफ्नो भनाइ राख्नुभयो।
खेलकुद प्रतियोगिताको मार्च पास प्रा.वि. तर्फ सरस्वती प्रा.वि. सुस्ता १ वनदेवी प्रथम,पशुपति विद्या मन्दिर सुस्ता ४ नर्सही द्वितिय र मदर्सा हाबिबिया ओलुम सुस्ता ४ तृतीय भएका छन।
त्यसैगरी मार्च पासको आधारभूत तर्फ शुभकामना आधारभूत विद्यालय फेनहरा प्रथम,सहिद विष्णु पाण्डे स्मृति विद्यालय नर्सही ४ द्वितिय र नारायणी गण्डकी आधारभूत विद्यालय पत्थरकला तृतीय भएको छ।
मार्च पासको मा.वि. तर्फ क्यानल सेन्टर इङलिस बोर्डिङ स्कुल महलबारी प्रथम, महेन्द्र मा.वि. सुस्ता २ कुडिया द्वितिय र नेरा मा.वि. सुस्ता ४ नर्सही र राष्ट्रिय मा.वि. सुस्ता १ छिबनी संयुक्त रुपमा तृतीय भएको जानकारीमा आएको छ।
खेलकुद प्रतियोगिता प्रा.वि. तर्फ सुस्ता मेमोरियल इङलिस बोर्डिङ स्कुल सुस्ता ५ प्रथम,शिवशम्भु प्रा.वि. सुस्ता ३ रेवारेता द्वितिय र मदर्सा हबिबिया निजामुल ओलुम तृतीय भएको छ।
त्यसैगरी आधारभूत तर्फ शुभकामना आधारभूत विद्यालय फेनहरा प्रथम, सहिद विष्णु पाण्डे सुस्ता ४ नर्सही द्वितिय र जनता दलित मा.वि.सुस्ता ५ सुस्ता तृतीय भएको छ।
खेलकुद प्रतियोगिताको मा.वि तर्फ महेन्द्र मा.वि. कुडिया प्रथम,राष्ट्रिय मा.वि. छिबनी द्वितिय र नेपाल राष्ट्रिय मा.वि. नर्सही तृतीय भएको कार्यक्रम सञ्चालक एवं शिक्षक तारा न्यौपानेले जानकारी दिनुभएको छ।

पालिका स्तरीय खेलकुद प्रतियोगितामा प्रथम,द्वितिय र तृतीय हुने खेलाडी र विद्यालयहरुलाई प्रशंसा पत्र र मेडल तथा सिल्ड प्रदान गरिएको थियो।
चौथो पालिका स्तरीय खेलकुद प्रतियोगिता समाप्त भएपछि आगामी वर्षमा हुने पाचौं पालिका स्तरीय खेलकुद प्रतियोगिता जनता आधारभूत विद्यालय सुस्ता १ बरुवामा सञ्चालन हुने शिक्षा शाखा सुस्ताले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

