Rashtriya Dainik

सुनवलमा शिव महापुराण ज्ञान महायज्ञ २०८२ सुरु

सुरेश यादव / नवलपरासी ,२३ माघ

पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ मा शिवमहापुराण ज्ञान महायज्ञ २०८२ सुरु भएको छ। सूर्यबस्तीमा अवस्थित श्री त्रिपुरेश्वर शिवधाम मन्दिर परिसरमा १०८ शिवलिङ्ग स्थापना तथा ज्येष्ठ नागरिक सत्सङ्ग भवन निर्माणका लागि महायज्ञ आयोजना गरिएको हो।

व्यास समाज नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष पुरुषोत्तम बस्यालले महायज्ञको उद्घाटन गर्नुभएको छ । उहाँले शिवलिङ्ग स्थापना र सत्संग भवन निर्माणका लागि महायज्ञले सार्थक्ता पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले महायज्ञले समाजमा सदभाव कायम गर्ने भएकाले सुन्दर समाज निर्माण गर्न महत्व पुर्ण भुमिका खेल्ने बताउनुभयो । प्रदेश सांसद खड्क बस्नेतले धार्मिक कार्यक्रममार्फत समाजलाई सत्मार्गतर्फ लैजान र भौतिक विकास दुबैमा सहयोग गर्न टेवा पुग्ने बताउनुभयो ।

महायज्ञ शुभारम्भका अवसरमा भूमुहीका मुख्य बजार क्षेत्र, बडेरा चोकसम्म कलश यात्रा निकालिएको थियो। कलश यात्रामा स्थानीय आमा समुह, क्षेत्रीय समाज नेपाल, विभिन्न भजन सङ्घ तथा भक्तजनहरूको सहभागिता थियो।

आगामी फागुन ४ गतेसम्म सञ्चालन हुने महायज्ञको प्रमुख बाचक श्री नारायण कृष्ण तथा ज्योतिष पण्डित श्री दुर्गाप्रसाद बशिष्ट रहनुभएको संस्थाका सचिव देवकला खनालले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित