आरपी उपध्याय /नवलपरासी ,२२ माघ
देवदह मेडिकल कलेज एण्ड रिसर्च ईन्स्टिच्युट देवदह ९ रुपन्देहीको आयोजनामा नेपाल ट्राफिक प्रहरीले आधारभूत आकस्मिक अवस्थामा जीवन जोगाउने एक दिने तालीम विहीबार सम्पन्न भएको छ।
सडक दुर्घटना हुँदा हुने मानवीय जोखिम कम गर्ने उद्देश्यले दुर्घटना स्थलमा सबैभन्दा पहिला राष्ट्र सेवक ट्राफिक प्रहरी नै पुग्ने हुँदा उनीहरूको लागि मेडिकल कलेजले एक दिने तालिमको आयोजना गरेको हो।
आकस्मिक अवस्थामा ज्यान जोगाउन अपनाइने एउटा विशेष प्रविधिलाई सुरक्षाकर्मीले पुनः ताजगीका साथ तत्काल अस्पताल पुर्याउने सीप र ज्ञान बारे जानकारी गराइएको थियो।
गम्भीर अवस्थाका बिरामीलाई समयमै उपचार गराउँदा ज्यान जानबाट बच्ने र घटनास्थलमा प्रहरी पुग्दा घाइतेको बच्ने आस पलाउने तथा चोटपटक लागेको अवस्थामा घटनास्थल मै प्राथमिक उपचार बारे सिकाइने पनि तालिमको लक्ष्य रहेको आयोजकले बताएको छ।
देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल बहादुर पोखरेलको अध्यक्षता भएको तालिममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दिवस बस्यालले सडक दुर्घटनामा घाइतेलाई उद्वार गरि बचाउने नै प्रहरीको पहिलो कर्तव्य रहेको धारणा राख्नुभयो।

सो अवसरमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले राज्यले दिएको जिम्मेवारीलाई प्रहरीले पालन गर्दै आएको बताउदै प्रत्येक मानिसको जीवन महत्वपूर्ण रहने हुँदा प्रहरी घटनास्थलमा पुगेर घाइतेलाई प्राथमिक उपचार गरि बचाउनु नै प्रहरीको जिम्मेवारी रहेको बताउनु भएको थियो।
सो अवसरमा मेडिकल कलेजका जनसम्पर्क अधिकृत मुक्ति काफ्लेले कार्यक्रमको लक्ष्य,उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो।
कार्यक्रममा डा.अजय अधिकारी,डा. प्रकृतिराज कंडेल,डा.दीपेन्द्र सिंह क्षेत्री,डा.पुष्पराज श्रेष्ठ लगायतले तालिममा सहजीकरण गर्नुभएको जानकारी प्राप्त भएको छ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय भुमहीका प्रहरी निरीक्षक माधव प्रसाद चौधरी,ई.प्र.का. खैरेनीका प्रहरी निरीक्षक भिमसेन श्रेष्ठ,रुपन्देही र नवलपरासीका ट्राफिक प्रहरीका जुनियर अधिकृत र जवानहरुको पनि उपस्थिति रहेको आयोजकले बताएको छ।

२०७६ सालमा देवदह मेडिकल कलेजलाई आधुनिकीकरण गरि विज्ञ डाक्टरहरुको प्रत्यक्ष रेखदेख र निगरानी हुँदै आएको मेडिकल कलेजमा हाल विशेषज्ञ र चिकित्सक स्वास्थ्यकर्मीहरु सहित कुल ४९० जनशक्ति कार्यरत रहेको मेडिकल कलेज स्रोतले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

