नवलपरासी, २२ माघ
देशभर संयुक्त संघर्ष समितिसँग आबद्ध पाँच पार्टीका नेता तथा कार्यकर्तामाथि निर्वाचन बहिष्कारको शान्तिपूर्ण कार्यक्रममा प्रहरी प्रशासनले गरेको धरपकड र गिरफ्तारीको विरोधमा संयुक्त संघर्ष समिति नवलपरासीले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालमार्फत बिहीवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो।
समितिका संयोजक एवं क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सेक्रेटरी रवि पाण्डेयको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको समितिले जनाएको छ।
ज्ञापनपत्रमा शान्तिपूर्ण रूपमा निर्वाचन बहिष्कार गर्ने योजनाअन्तर्गत आयोजित कार्यक्रममा प्रहरी प्रशासनले हस्तक्षेप गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गरिएको छ। साथै, शान्तिपूर्ण आन्दोलनमा सहभागी नेता तथा कार्यकर्तामाथि गरिएको धरपकड तत्काल रोक्न र गिरफ्तार गरिएकाहरूलाई निशर्त रिहा गर्न माग गरिएको छ।
संयुक्त संघर्ष समितिका अनुसार सिन्धुली, सुर्खेतलगायत विभिन्न जिल्लामा पाँच पार्टीसँग आबद्ध नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

