नवलपरासी २१ माघ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले बर्दघाट – १४ बुद्धबस्तीमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
बुधबार जनयुद्धका शहिद सलिमका दाजु समेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीको भाइ कृष्ण बहादुर थापा क्षेत्रीको स्मृतिमा श्रद्धाञ्जली सभा गरिएको हो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा नेता समेत रहेका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले आमुल परिवर्तनको पक्षमा थापा परिवारले गरेको योगदानको चर्चा गर्दै शहिद परिवार समाजको सम्पति रहेको उल्लेख गरे । कृष्णको माघ १३ गते मस्तिष्कघातको कारण ५६ बर्षको उमेरमा निधन भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

