काठमाडौं,२१ माघ । सरकारले आजदेखि देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना परिचालन सुरु गरेको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचन आउन करिब एक महिना मात्र बाँकी रहेका बेला सरकारले निर्वाचन–केन्द्रित सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन बुधबारदेखि १६५ वटै निर्वाचन क्षेत्रमा नेपाली सेना परिचालन गरेको हो।
सरकारले स्वीकृत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ अनुसार नेपाली सेनाको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसहित चारवटै सुरक्षा निकाय एकैसाथ परिचालन भएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको सरकारले जनाएको छ।
सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी तथा निर्वाचन प्रहरीले गर्ने छन् भने दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिएको छ। तेस्रो तथा अन्तिम सुरक्षा घेरामा नेपाली सेनाले जिम्मेवारी निर्वाह गर्ने व्यवस्था गरिएको छ।
सरकारले निर्वाचन अवधिभर सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्दै आवश्यक समन्वयका साथ परिचालन गरिने जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

