दाङ, २१ माघ ।
लुम्बिनी प्रदेश सभाको स्थापना दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
राप्ती उपत्यका देउखुरीस्थित प्रदेश सभा परिसरमा औपचारिक समारोह आयोजना गरी स्थापना दिवस मनाउन लागिएको हो। २०७४ साल माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष स्थापना दिवस मनाउने परम्परा रहेको छ।
प्रदेश सचिव लोक बहादुर सुनारका अनुसार लुम्बिनी प्रदेश सभा कानुन निर्माणका दृष्टिले अन्य प्रदेशसभाभन्दा अगाडि रहेको छ। प्रदेश सभाको पहिलो कार्यकालमै ७२ वटा विधेयक पारित हुनु यसकै प्रमाण भएको उनले बताए।
स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री चेत नारायण आचार्यले ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’को लक्ष्यसहित प्रदेश सरकार अघि बढिरहेको बताए। संघीयताको प्रभावकारी कार्यान्वयन गर्दै विकास, समृद्धि र सुशासनलाई प्राथमिकतामा राखेर सरकार काम गरिरहेको मुख्यमन्त्री आचार्यको भनाइ छ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई ‘मिनी नेपाल’का रूपमा व्यवस्थित र समुन्नत बनाउने दिशामा सरकार दृढतापूर्वक लागिपरेको समेत उल्लेख गरे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

