राष्ट्रिय दैनिक / नवलपरासी,२० माघ
श्री श्री १०८ श्री रामललाको प्राणप्रतिष्ठा पूजाका तयारी अन्तर्गत सरावल गाउँपालिका वडा नं. ७ मा व्यापक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
सरावल गाउँपालिका वडा नम्बर ७ वडा अध्यक्ष हेयात खाँ धुनियाको अगुवाइमा, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय समितिका पदाधिकारीहरूको संयुक्त पहलमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमले पूजाको वातावरण स्वच्छ र सुरक्षित बनाउने लक्ष्य राखेको थियो। यस अवसरमा स्थानीय बासिन्दा, प्रहरी तथा समिति सदस्यहरूले सडक, पर्खाल, मन्दिर वरिपरि र अन्य सार्वजनिक स्थलहरूको सरसफाइमा सक्रिय सहभागिता जनाएका थिए।

पूजा आरम्भ माघ २१ गते, बुधवार नगरपरिक्रमा वा जलाधिवास, फलाधिवास, अन्नाधिवास माघ २२ गते बिहिवार मूर्तिस्थापना, प्राण प्रतिष्ठा, हवने पूर्णाहुति र प्रसाद वितरण माघ २३ गते शुक्रवार हुने मन्दिर अध्यक्ष बिरेन्द्र यादवले बताउनुभयो ।

यज्ञ आर्चाय पं. सुशील चन्द्र उपाध्यायले गर्नुे मन्दिर अध्यक्ष यादवले बताउनुभयो ।

कार्यक्रममा स्थानीय समुदाय,अध्यक्ष विरेन्द्र यादव र श्री बर्दघाटे कालिका मन्दिर संरक्षण संस्था सहित समस्त ग्राम वा क्षेत्रवासीको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

