बर्दघाट एक्सपोमा विद्यार्थीहरूको सशक्त प्रस्तुति, रितु र दिक्षा प्रथम

प्रकाश न्याैपाने / नवललपरासी, माघ २० गते

उद्योग व्यापार संघ बर्दघाटद्वारा आयोजित प्रथम बर्दघाट एक्सपो २०८२ अन्तर्गत विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। “स्थानीय उद्योग र व्यापार, दिगो विकासको आधार” भन्ने नाराका साथ आयोजित प्रतियोगितामा आधारभूत तथा माध्यमिक तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
आधारभूत तहतर्फ ग्लोरियस एकेडेमीकी रितु पाण्डे प्रथम, न्यू भिजन इङ्लिस स्कुलका आयुष न्यौपाने द्वितीय तथा दाउन्ने देवी माध्यमिक विद्यालयका शुभम रणपाल तृतीय भएका छन्।

त्यसैगरी माध्यमिक तहतर्फ राष्ट्रिय माध्यमिक विद्यालयकी दिक्षा पाण्डे प्रथम, दाउन्ने देवी माध्यमिक विद्यालयका आयाम पौडेल द्वितीय र शान्ति निकुञ्ज माध्यमिक विद्यालयका शाहिद अली मियाँ तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा एक्सपो अध्यक्ष राजु न्यौपाने, शिक्षा उपसमिति संयोजक केशव बस्याल, निर्णायक मण्डल तथा विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा स्थानीय उत्पादन, उद्योग तथा व्यापारप्रति चासो बढाउनुका साथै नेतृत्व क्षमता र अभिव्यक्ति कौशल विकासमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot