पर्सा–४ मा विकल्प छैन, भरोसाको नाम जालिम मियाँ

राजन कुमार बानियाँ / पर्सा, २० माघ

नेकपा एमाले पर्सा जिल्लाको आयोजनामा सम्पन्न बृहत् कार्यकर्ता भेलाले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी माहोल थप तातेको छ। भेलामा परिवर्तनका संवाहक तथा भरोसालायक उम्मेदवार जालिम मियाँको सशक्त उपस्थितिले नेता–कार्यकर्तामा नयाँ ऊर्जा थपिएको देखिएको छ।

भेलालाई सम्बोधन गर्दै उम्मेदवार जालिम मियाँले नेकपा एमालेमाथि भइरहेको चौतर्फी षड्यन्त्रलाई परास्त गर्न एकताबद्ध संघर्ष अपरिहार्य रहेको स्पष्ट पार्नुभयो। उहाँले मुलुकलाई राजनीतिक स्थायित्व, सुशासन र विकासको बाटोमा अघि बढाउन एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पार्टीका उम्मेदवारहरूलाई भारी मतले विजयी गराउन आग्रह गर्नुभयो।

जिल्ला अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय कमिटी उपाध्यक्ष एवं पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा सम्पन्न भेलामा हजारौँको संख्यामा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापा ‘बादल’ले सक्षम, जनउत्तरदायी र अनुभवी उम्मेदवार एमालेको बलियो आधार भएको उल्लेख गर्दै आगामी निर्वाचनमा पर्सा–४ मा निर्णायक जित सुनिश्चित हुने दाबी गर्नुभयो।
भेलाका क्रममा जसपा लगायत विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गर्नुले पर्सा जिल्लामा एमालेप्रतिको जनविश्वास झनै मजबुत बन्दै गएको संकेत गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot