छात्रवृत्ति, वृक्षरोपण र सम्मान कार्यक्रमसहित लुम्बिनीमा सिमसार दिवस मनाइयो

रुपन्देही, माघ २०

विश्व सिमसार दिवसको अवसर पारेर लुम्बिनी विश्व शान्तिमञ्चले शिक्षा र वातावरण संरक्षणलाई एकसाथ जोड्दै विशेष कार्यक्रम आयोजना गरेको छ। मञ्चले रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित लुम्बिनी आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै वातावरणीय चेतना फैलाउने उद्देश्यसहित वृक्षरोपण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई जनही पाँच हजार रुपियाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ भने विद्यालयलाई १० हजार रुपियाँ सहयोग स्वरूप हस्तान्तरण गरिएको छ। यसरी मञ्चले कुल ६० हजार रुपियाँको आर्थिक सहयोग गरेको मञ्चका संस्थापक तथा अध्यक्ष बासु गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सोमबार विद्यालय परिसरमा २५ भन्दा बढी र लुम्बिनी क्षेत्रका अन्य स्थानमा गरी करिब २५० वटा बिरुवा रोपिएको छ। साथै, लुम्बिनी प्रदेशका विभिन्न विद्यालयमा अक्षयकोष स्थापना गर्दै आएको मञ्चले हरेक वर्ष सिमसार दिवसलगायतका अवसरमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


कार्यक्रममा राजकीय बौद्ध विहार, लुम्बिनीका प्रमुख सागर धम्मले जीवनको आधार पानी भएकाले जलस्रोत र सिमसार क्षेत्रको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले पानीको सदुपयोग गर्न आग्रह गर्दै सिमसार क्षेत्रले पर्यावरण सन्तुलनमा खेलेको भूमिकालाई विशेष रूपमा स्मरण गर्नुभयो।
त्यस्तै भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा लुम्बिनी विश्व शान्तिमञ्चका आजीवन सदस्य अमितकुमार गुप्ताले मञ्चले शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने धारणा राख्नुभयो। लुम्बिनी होटल सङ्घ, नेपालका अध्यक्ष लीलामणि शर्माले तालतलैया, पोखरी तथा प्राकृतिक जलस्रोतको संरक्षण आजको आवश्यकता भएको बताउनुभयो।


सन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले पर्यावरण संरक्षणको सन्देशलाई व्यवहारमा उतार्न वृक्षरोपण महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले लुम्बिनी विश्व शान्तिमञ्चसँग आगामी दिनमा पनि सहकार्य गर्दै वातावरणीय अभियानलाई अघि बढाइने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमकै अवसरमा लुम्बिनी विश्व शान्तिमञ्चले पत्रकार रबिन्द्रप्रताप गुप्तालाई वातावरणीय सचेतनाको क्षेत्रमा पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै नगद १० हजार ५ रुपियाँसहित सम्मान–पत्रद्वारा सम्मान गरेको छ। साथै, सङ्गीतकार महेश ज्ञवाली र चित्रकला कलाकर्मी नरबहादुर विश्वकर्मालाई पनि वातावरणीय चेतना फैलाउन पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको मञ्चले जनाएको छ।


लुम्बिनीबाट सुरु भएको यो पहलले शिक्षा, पर्यावरण र सामाजिक उत्तरदायित्वलाई एकै सूत्रमा बाँध्दै सिमसार संरक्षणको महत्वबारे सशक्त सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot