नवलपरासीमा निर्वाचन सुरक्षाका लागि प्रहरी तालिम सुरु, फागुन २१ लाई लक्षित कडा तयारी

अनिल बनिया/नवलपरासी, २० माघ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पश्चिम नवलपरासीमा निर्वाचन सुरक्षाको तयारी तीव्र पारिएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन आइतबारदेखि इलाका प्रहरी कार्यालय महेशपुरमा निर्वाचन प्रहरी तालिम सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरदत्त पन्तका अनुसार जिल्लाका विभिन्न स्थानमा एकैसाथ निर्वाचन सुरक्षासम्बन्धी तालिम सञ्चालन भइरहेको छ। उनका अनुसार सुनवलमा २४५, बर्दघाटमा २४५, बेलाटारीमा २५५ र महेशपुरमा २५० जना प्रहरी तालिममा सहभागी छन्।

महेशपुरमा सञ्चालन भइरहेको तालिम प्रहरी निरीक्षक सुभराज बमको कमाण्डमा भइरहेको छ। तालिममा सहभागीमध्ये ४६ जना महिला र २०४ जना पुरुष प्रहरी रहेका छन्।
जिल्लाभरका अन्य इलाका प्रहरी कार्यालयहरूमा पनि यस्तै तालिम कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।


हाल जिल्लामा ५०९ जना म्यादी प्रहरी तालिमरत रहेको र निर्वाचन सुरक्षाका लागि खटाइने म्यादी प्रहरीको कुल संख्या १ हजार ५०४ रहेको डीएसपी पन्तले जानकारी दिए। निर्वाचनलाई सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा रणनीति अपनाइने प्रहरी प्रशासनको भनाइ छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot