दिनेश धामी । बझाङ्ग। बझाङ्गको बित्थडचिरमा पहिलो चाउमिन उधोग सञ्चालन भएको छ। बित्थडचिर गाउपालिका वर्डा न. ५ का गणेश बोहाराले पहिलो पटक चाउमिन उधोग सञ्चालन गरेका छ्न ।
विगत करिब एक दशक देखि विभिन्न व्यवसाय गर्दै आएका बोहाराले माघ२३ गते बित्थडचिरको देउलेख बजारमा पहिलो चाउमिन उधोग सञ्चालन गरेका छ्न। लामो समयसम्म उधमी बोहारा नेपाल आर्मीमा जागिरे थिए। नेपाल आर्मीको जागीरबाट अवकाश पाएपछि देउलेख बजार सानो पसल खोलेका थिए। त्यसपछी कृषि पेसालाइ पनि अगाल्दै आएका छन । त्यसका साथै आफुमा भएको ज्ञान, सीप खेर नफाली सानै भएपनी व्यवसाय सञ्चालन गर्नुपर्छ भनेर चाउमिन उधोग सञ्चालन ल्याएको उनको भनाइ छ।अहिले बजारमा नास्ताको रुपमा चाउमिन बढी खपत हुने भएपनि गाउपालिकामै चाउमिन फ्याक्ट्री थिएन ; उधोग नभएको ठाउमा उधोग खोल्दा एकदमै सजिलो भएको छ। बित्थडचिरमै चाउमिन उधोग खोलिए पछि धनगढीकै चाउमिन र ससका भरमा बस्नु पर्ने बाध्यता हटेको होटेल व्यवसायीको भनाइ रहेको छ। बैतडी जिल्लाको ढोल्यामोड , श्रीभावर सिगास गाउपालिकामा र बित्थडचिर भरी बढिजसो आफ्नै चाउमिन खपत हुने उधमी बोहराको भनाइ छ ।
यो भन्दा पहिले धनगढीबाट धेरै चाउमिन र सस ल्याउनु पर्थ्यो र म्याद जाने र सढ्ने सम्भावना हुन्थ्यो। अहिले आफैले उत्पादन गरेको चाउमिन स्थानिय बजारमा ल्याएपछी सेवाग्राहीहरुलाइ ताजा चाउमिन जुनसुकै समयमा पनि मिल्ने भएकाले सहज भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

