पर्सा–४ को धोबीनीमा जसपा नेपालको घरदैलो कार्यक्रम सम्पन्न, मतदातासँग प्रत्यक्ष भेटघाट

राजन कुमार बानिया /पर्सा, १९ माघ

पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत पर्ने धोबीनी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा आयोजना गरिएको घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

युवाहरू तथा स्थानीय जनमानसको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले क्षेत्रीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
घरदैलो अभियानका क्रममा जसपा नेपाल पर्सा–४ तर्फका प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार डा. कृपासिन्धु प्रसाद चौधरीले “अबको परिवर्तन युवाको नेतृत्व” भन्ने चुनावी नारासहित स्थानीय बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो, जसले परिवर्तन र नयाँ राजनीतिक संस्कृतिप्रति जनचासो बढ्दै गएको संकेत गरेको सहभागीहरूको भनाइ छ।
कार्यक्रममा जसपा नेपालका प्रतिनिधिहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा युवामैत्री नीति पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गरे। साथै, स्थानीय समस्याको पहिचान गर्दै तिनको समाधानका लागि संसददेखि सडकसम्म आवाज उठाइने प्रतिबद्धता व्यक्त गरिएको थियो।
जसपा नेपालले आगामी दिनहरूमा पर्सा–४ का अन्य क्षेत्रहरूमा समेत घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
घरदैलो कार्यक्रममा धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, वडा अध्यक्ष देवेन्द्र प्रसाद कुर्मी, दिपक सराफलगायत पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot