आरपी उपध्याय / नवलपरासी १९ माघ गजेन्द्र मोक्ष ई रिक्सा चालकहरुको भेला विनयी त्रिवेणी ७ रानीनगरमा सोमबार सम्पन्न भएको छ। रिक्सा चालक समितिका अध्यक्ष श्याम श्रेष्ठको अध्यक्षतामा भेला सम्पन्न भएको हो। सो अवसरमा विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्कीले रिक्सा चालकहरुले ट्राफिक नियमको पालना गर्दै रिक्सा पार्किङ व्यवस्थित गर्नुपर्ने धारणा राख्दै रिक्सा चालकहरुले भाडा दरलाई व्यवस्थित र मर्यादित बनाइ त्रिवेणी क्षेत्रको पहिचानलाई सुदृढ बनाउन सुझाव दिनुभयो। कार्यक्रममा ई रिक्सा चालक समितिका पुर्व अध्यक्ष लक्ष्मण गाहा मगरले सबैमा स्वागत गर्दै ई रिक्सा चालक अनुशासित र मर्यादित हुनुपर्ने विचार व्यक्त गर्नुभयो। भेलामा सुस्ता गा.पा.३ निवासी परमेश्वर प्रसाद गुप्तालाई रानीनगरदेखी लक्ष्मीपुरसम्म बिग्रीएका सडकहरुमा नि:शुल्क ग्राइवल खसाल्ने कार्य गर्नुभएकोमा समितिको तर्फबाट गुप्तालाई सम्मान गरिएको कार्यक्रम सञ्चालक माधव थापाले जानकारी दिनुभएको छ। गजेन्द्र मोक्ष ई रिक्सा समिति अन्तर्गत ७५ को सङ्ख्यामा ई रिक्सा सञ्चालनमा आएको छ भने समितिको स्थापना २०७४ सालमा भएको पनि आयोजकले बताएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।