Rashtriya Dainik

बर्दघाट १४ मा उपभोक्ता अभिमुखिकरण कार्यक्रम

मुक्ती तिवारी

बर्दघाट नगरपालिकाको आयोजनामा वडा नम्बर १४ मा मङ्गलबार उपभोक्ता अभिमुकरण तालिम सम्पन्न भएको छ।

उपभोक्ता समिती गठन,योजना संचालन,उनिहरुका काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराउने कार्यक्रमको मुख्य उदेश्य रहेको वडा सचिब टङ्कनाथ भन्डारिले बताए।

कार्यक्रममा सहभागी उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्झौता,सार्बजनिक परिक्षण,खर्च सार्बजनिक,बिल भुक्तानी,लागत स्टमेट,माईन्युट तथा निवेदन लेखन बिधि र योजना सन्चालन देखि सम्पन्न गर्ने समयावधि सम्मका विभिन्न प्रक्रियाका बारेमा प्रकाश पारिएको कार्यक्रम संयोजक सुदन भुसालले जानकारी दिए।

कार्यक्रमको सहजिकरण बर्दघाट नगरपालिकाका योजना अधिकृत पुष्कर काफ्ले,लेखा शाखाका कर्मचारी गोबर्धन चौधरी लगायतले गरेका थिए।नगरले फाल्गुन ९ गतेदेखि १९ गतेसम्म क्रमश १६ वटै वडाहरुमा उभोक्ता अभिमुकरण कार्यक्रम सन्चालन गर्ने छ।कार्यक्रमबाट अनुभव बटुलेका र नव गठित समितिहरु समेत थप लाभान्वित हुने उपभोक्ता समितिहरुलाई कार्यसम्पादनमा सहजता हुने प्रशिक्षक(योजना अधिकृत)पुष्कर काफ्लेले बिश्वास ब्यक्त गरे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित