Rashtriya Dainik

घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर भागे गाउँपालिकाका अध्यक्ष

 
काठमाण्डाै – धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर फरार भएका छन् ।

अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली खटिएको थियो ।

अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री गाउँपालिकाको गाडीमा भाग्ने क्रममा अख्तियारको टोलीलाई देखेपछि आठ लाख रुपैयाँ भुइँमा फालेर भागेका अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले आठ लाख रुपैयाँ  र गाउँपालिकाका अध्यक्षका चालक वीरबहादुर मगरलाई पक्राउ गरेको छ । 

#Ujyaalo

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित