नवलपुरमा राष्ट्रिय खुला विद्यालय स्तरीय दुईदिने तेक्वान्दो प्रतियोगिता सम्पन्न

आरपि उपाध्याय /नवलपुर, १७ माघ

नवलपुर सि.एच.आई.टी.एफ. तेक्वान्दो एसोसिएसनको आयोजनामा राष्ट्रिय खुला विद्यालय स्तरीय दुईदिने तेक्वान्दो प्रतियोगिता शनिबार त्रिवेणीमा सम्पन्न भएको छ। प्रतियोगितामा देशका ९ जिल्लाबाट १७० जना छात्रछात्राको सहभागिता रहेको थियो।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न उमेर समूहका विद्यालयस्तरीय खेलाडीहरूले सहभागिता जनाएका थिए। आयोजकका अनुसार प्रतियोगिताको समापन समारोहमा सबै उमेर समूहका विद्यार्थी प्रतियोगीहरूलाई समेटिएको थियो।
प्रतियोगितामा बाग्लुङ जिल्ला प्रथम, रुपन्देही जिल्ला द्वितीय र भक्तपुर जिल्ला तृतीय स्थान हासिल गर्न सफल भएका छन्। त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ रुपन्देही जिल्लाका प्रबिन रेश्मी मगर र महिलातर्फ भक्तपुरकी प्रकृति राई घोषित भएकी छन्। उक्त जानकारी सहभागी रुपन्देही जिल्लाका अध्यक्ष बोम बुढा मगरले दिनुभयो।


तेक्वान्दो एसोसिएसन विनयी त्रिवेणीका अध्यक्ष आदित्य कार्कीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा विनयी त्रिवेणी–६ का वडा अध्यक्ष नुरेन्द्र शाह, आई.टी.एफ. नवलपरासीका संस्थापक अध्यक्ष अचल कुमार जोशी तथा लक्ष्मी आमा समूह विनयी त्रिवेणी–७ की अध्यक्ष भागिरथा घर्ती मगरले विजयी खेलाडीहरूलाई प्रमाणपत्र र मेडल वितरण गर्नुभयो।


आयोजकका अनुसार पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने जिल्लाका टिमहरूलाई सिल्डसहित नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot