भगवान राधाकृष्ण मन्दिर निम्बार्क आश्रम त्रिवेणी धामको २९औँ वार्षिक साधारणसभा सम्पन्न

आरपि उपाध्याय / नवलपुर, १७ माघ

भगवान राधाकृष्ण मन्दिर निम्बार्क आश्रम त्रिवेणी धाम, नवलपुरको २९औँ वार्षिक साधारणसभा त्रिवेणी धाममा शनिबार सम्पन्न भएको छ। साधारणसभा श्री राधाकृष्ण मन्दिरका पीठाधीश हरिशरण उपाध्यायको अध्यक्षता तथा मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि स्वामी कृष्ण प्रपन्नाचार्यले त्रिवेणी क्षेत्रमा पछिल्लो समय बढ्दै गएको बेथितिलाई नियन्त्रण गर्न सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताए। उनले हिन्दु धर्मको संरक्षण र संवर्द्धनका लागि सम्पूर्ण हिन्दु धर्मावलम्बीहरू ओमकार परिवार अभियानकै रूपमा एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिए।


स्वामी प्रपन्नाचार्यले त्रिवेणी धाममा रहेका करिब दुई दर्जन मठमन्दिरहरूमध्ये केही मन्दिरहरू गैरकानुनी रूपमा सञ्चालन भइरहेको उल्लेख गर्दै त्यस्ता मन्दिरहरूले पनि कानुन बमोजिम नियमित साधारणसभा, लेखा परीक्षण तथा विवरण सार्वजनिक गर्नुपर्ने सुझाव दिए।
साधारणसभामा त्रिभुवन क्याम्पस बेलाटारीका पूर्व क्याम्पस प्रमुख सत्यदेव पाण्डेले संस्कार र संस्कृतिको संरक्षणका लागि त्रिवेणी धाममा रहेका ठूला मन्दिर र पीठाधीशहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा कोटीहोम समिति अध्यक्ष मोतीलाल उपाध्याय, समाजसेवी वीरबहादुर ठकुरी, चिरञ्जीवी ढुंगाना, भगवान राधाकृष्ण मन्दिरका उत्तराधिकारी स्वामी ध्रुवशरण ढुंगाना तथा सञ्चारकर्मी आर.पी. उपाध्यायलगायतले मन्दिरका गतिविधि, लक्ष्य र उद्देश्यबारे आ–आफ्ना विचार राखेका थिए।

कार्यक्रमको सञ्चालन तथा जानकारी समितिका सचिव खेमराज न्यौपानेले गराएका थिए। साधारणसभामा समितिका कोषाध्यक्ष ऋषिकेशव उपाध्यायले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति विवरण तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए।
२०५३ सालमा स्थापना भएको भगवान राधाकृष्ण मन्दिर निम्बार्क आश्रममा हाल १०२ जना साधारण सदस्य रहेको जानकारी गराइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot