राजन कुमार बानिया /पर्सा, १७ माघ पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नम्बर–३ जयमंगलापुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखी आयोजित उक्त भेलामा चुनावी रणनीति, संगठन सुदृढीकरण तथा पार्टीपंक्तिको प्रभावकारी परिचालनबारे गम्भीर छलफल गरिएको थियो। कार्यक्रममा पर्सा–४ बाट प्रतिनिधिसभा सदस्यका जसपा नेपालका युवा उम्मेदवार डा. कृपासिन्धु प्रसाद चौधरीले पर्सा–४ लाई विकास, सुशासन र अवसरको दृष्टिले देशकै नमुना निर्वाचन क्षेत्र बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे। उनले युवाको ऊर्जा, अनुभवी नेतृत्वको मार्गदर्शन र जनताको भरोसामा आधारित समावेशी विकासको खाका प्रस्तुत गर्दै रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताए। डा. चौधरीले आगामी निर्वाचनमा आ–आफ्नो बुथमा छाता चुनाव चिन्हमा मजबुत रूपमा मतदान गर्न कार्यकर्ताहरूलाई आग्रह गरे। अगुवा भेला कार्यक्रममा पूर्वमन्त्री (ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय) माननीय सिंगासन साह कलवार, रामपुकार यादव, इन्द्राशन साह कलवार, सचिन सिंह, हिमाञ्चल कुशवाहा, रामसीश कुशवाहा, बिरेन्द्र महतो लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। भेलाले पर्सा–४ मा जसपा नेपालको संगठनात्मक गतिविधि थप सक्रिय र सुदृढ बन्दै गएको संकेत गरेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।