जनतामा बढ्दो निराशा अन्त्य गर्न रास्वपा नै भरोसायोग्य विकल्प : टेकबहादुर शाक्य

राजन कुमार बानिया /पर्सा, १७ माघ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर शाक्यले निर्वाचन क्षेत्रअन्तर्गतका विभिन्न गाउँ–गाउँमा घरदैलो तथा पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएका छन्।

स्थानीय बासिन्दाको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रमहरूमा उम्मेदवार शाक्यले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना राजनीतिक एजेन्डा, विकास दृष्टिकोण र भावी योजनाबारे जानकारी गराएका छन्।

घरदैलो अभियानका क्रममा बोल्दै शाक्यले भ्रष्टाचार, बेथिति र सरकारी संरचनाभित्र मौलाउँदै गएको दलीयकरण अन्त्य गर्दै पारदर्शी, उत्तरदायी र जनमुखी शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले “विकसित र समृद्ध राष्ट्र निर्माणका लागि नागरिकको सक्रिय सहभागिता अपरिहार्य छ,” भन्दै घण्टी छापमा मतदान गरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्न मतदातासँग आग्रह गरे।

पर्सा क्षेत्र नम्बर–४ मा देखिएका सडक, सरसफाइ, खानेपानी, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तरजस्ता आधारभूत समस्याको दीर्घकालीन समाधानका लागि आफूसँग स्पष्ट र कार्यान्वयनयोग्य योजना रहेको उनले बताए। “स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य गर्दै पर्सा–४ को समग्र विकास र मुहार फेर्ने मेरो स्पष्ट कार्ययोजना छ,” शाक्यले भने।
उनले युवालाई रोजगारीमुखी सीप विकास, महिला उद्यमशीलता प्रवर्द्धन तथा कृषिमा आधुनिक प्रविधि भित्र्याएर आर्थिक गतिविधि विस्तार गर्ने योजनासमेत रहेको जानकारी दिए।

घरदैलो कार्यक्रममा सहभागी स्थानीयहरूले विकास, सुशासन र पारदर्शिताप्रति उम्मेदवार शाक्यले व्यक्त गरेको प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्। कार्यक्रमको अन्त्यमा शाक्यले मतदाताबाट प्राप्त सुझाव र गुनासोलाई प्राथमिकतामा राख्दै आगामी दिनमा निरन्तर संवाद र अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot