तुलसी राम पौडेल /सियारी, फाल्गुन १८
रुपन्देहीको सियारी गाउपालिकामा फाल्गुन २३ गतेदेखि २६ गतेसम्म संचालन हुने कोभिड -१९ विरुद्ध खोप संचालनको पुर्व तयारी स्वरुप गाउपालिका स्तरिय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम गाउपालिकामा सोमबार सम्पन्न भयो ।खोप समन्वय समितिका पदाधिकारीहरु ,सरोकार निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई फाल्गुन २३ गतेदेखि २६ गतेसम्म गाउपालिकाका ५ वटै स्वास्थ्य चौकिहरुबाट संचालन हुने कोभिड विरुद्धको खोपलाई सफलतापुर्वक जिम्मेवारी वहन गर्ने वारे अभिमुखिकरण कार्यक्रममा जानकारी दिइएको थियो । फाल्गुन २३ देखि २६ गतेसम्मको खोप कार्यक्रममा ५५ वर्ष उमेर माथिका सम्पूर्ण नागरिक ,विद्यालयका शिक्षक तथा कर्मचारी ,सार्वजनिक सवारी साधनका चालक ,सहचालकलाइ कोभिड -१८ विरुद्धको खोप, गाउपालिकाका अन्तरगतका चिल्हिया स्वास्थ्य चौकी ,मैनहिया स्वास्थ्य चौकी,हर्नैया स्वास्थ्य चौकी ,छपिया स्वास्थ्य चौकी ,अमवा स्वास्थ्य चौकीबाट दिइने सियारी गाउपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले बताउनु भयो ।

कार्यक्रममा खोप केन्द्रमा खटिने स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुलाई खोप सम्बन्धि अभिमुखिकरण कार्यक्रमको पनि स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले सहजीकरण गर्नु भएको थियो। साथै खोप सेवा लिन आउदा उमेर खुल्ने परिचय लिएर आउन सुचना गर्नुपर्ने जानकारी गराइएको थियो ।
खोप कार्यक्रमको तयारिको लागि प्रत्येक वडामा वडा खोप समन्वय समितिको अभिमुखिकरण तथा सुक्ष्म योजना तर्जुमा हुने बताइएको छ।
पालिकास्तरिय खोप समन्वय समितिका संयोजक एवं गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले मानवको स्वास्थ्य नै प्रमुख कुरा भएको बताउनुहुदै कोभिड -१९ विरुद्ध खोप अभियानलाई संबंधित सम्पूर्ण सबैले सक्रिय रुपमा सहयोग गरि सफल गराउनुपर्नेमा विशेष जोड दिनुभयो ।
कार्यक्रमको संचालन हेल्थ असिस्टेन्ट मनोज पौडेलले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

