आरपि उपाध्याय / त्रिवेणी ,१६ माघ नेपाली कांग्रेस नवलपुरको विस्तारित बैठक शुक्रबार वि.पी. स्मृति भवन, कावासोतीमा सम्पन्न भएको छ। बैठक नेपाली कांग्रेस नवलपुरका जिल्ला सभापति तथा गण्डकी प्रदेशसभा सदस्य **माननीय महेन्द्रध्वज जि.सी.**को अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य, क्षेत्रीय सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आवश्यक रणनीति र कार्ययोजना तय गरेको जिल्ला कार्यसमितिका सहसचिव उदयराज अर्यालले जानकारी दिनुभयो। विस्तारित बैठकले पार्टी सभापति **महेन्द्रध्वज जि.सी.**को संयोजकत्वमा १००१ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ। त्यसैगरी अनुगमन, आर्थिक, प्रचार–प्रसार, महिला परिचालन, स्थानीय तह समन्वय लगायत एक दर्जनभन्दा बढी उपसमितिहरू गठन गरिएको कार्यालय सचिव गोपाल बास्ताकोटीले जानकारी दिनुभयो। बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विष्णुकुमार कार्की, गण्डकी प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछाने, पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, प्रजातन्त्र सेनानी संघका केन्द्रीय सहसचिव एकनारायण अधिकारी लगायत नेता–कार्यकर्ता तथा ठूलो संख्यामा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। यसै क्रममा नेपाल विद्यार्थी संघ नवलपुरको विस्तारित बैठक पनि कावासोतीमै सम्पन्न भएको छ। ने.वि. संघ नवलपुरका जिल्ला अध्यक्ष हरिवंश सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेस नवलपुरका सभापति **जि.सी.**ले ने.वि. संघले स्थापना कालदेखि नै पार्टीको आह्वानमा आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गर्दै आएको स्मरण गराउँदै आगामी संसदीय निर्वाचनमा पार्टीका उम्मेदवारको जित सुनिश्चित गर्न अभियानकै रूपमा लाग्नुपर्नेमा जोड दिनुभयो। सो अवसरमा ने.वि. संघका केन्द्रीय सदस्यहरू कृष्ण भुर्तेल, रमेश कोइराला, कला पन्त लगायतले संगठनको भूमिका, जिम्मेवारी र पार्टी निर्देशनअनुसार एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन विद्यार्थी नेता मनिष गुरुङले गर्नुभएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।