प्रथम स्ववियु कप अन्तर–क्याम्पस भलिबल प्रतियोगिता सम्पन्न

सुरेश यादव | नवलपरासी| माघ १६

पश्चिम नवलपरासीको पहिलो क्याम्पस पाल्ही बहुमुखी क्याम्पस, रामग्राम नगरपालिका–४ जितपुरस्थित खेलमैदानमा आयोजित प्रथम स्ववियु कप अन्तर–क्याम्पस स्तरीय भलिबल प्रतियोगिता आज भव्य रूपमा सम्पन्न भएको छ।
पाल्ही बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा तथा रामग्राम नगरपालिका वडा नं. ४ को आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो।
कार्यक्रम स्ववियु सभापति निरजप्रसाद धवलको अध्यक्षता तथा रामग्राम–४ का वडाध्यक्ष मदन यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।


समापन कार्यक्रममा वडा सदस्य प्रभुलाल मौर्य, पाल्ही क्याम्पसका प्राध्यापक केशव भट्टराई, त्रिभुवन क्याम्पस बेलाटारीका स्ववियु सभापति आदित्य पाल, पत्रकार सुरेश यादव, पूर्व स्ववियु सभापति बृजनन्दन कुर्मी, स्ववियु सचिव रिता कुमारी हरिजन लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा दिव्यज्योति क्याम्पस प्रथम, महाकवि देवकोटा क्याम्पस द्वितीय तथा पाल्ही क्याम्पस ‘A’ टिम तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

क्रमशः प्रथम, द्वितीय र तृतीय हुने टिमलाई १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारसहित मेडल, कप तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम सञ्चालन प्रिति अग्रहरीले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot