दिपेन्द्र खत्री /फागुन १८ गुल्मी
जिल्लाको मालिका गाउँपालिकाले गाउँपालिका भित्र रहेका अति विपन्न ६१२ जनालाई पचास दिनको रोजगार प्रदान गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गाउँपालिका भित्र आर्थिक अबस्था कमजोर भएका ६१२ जनालाई पचास दिनको रोजगार प्रदान गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम मालिका शाखा प्रमुख खेमराज गैरेले जानकारी दिनुभयो ।
प्रत्येक वडाबाट बेरोजगार रहेको र रोजगारका लागि निबेदन दिएकाहरुबाट अति विपन्नहरुलाई पचास दिन बराबरको रोजगारी प्रदान गर्ने गरी छनोट गरिएको हो। छनोट भएका ६१२ जनालाई सुरक्षाका लागि आवश्यक सामाग्री , गैटी ,बेल्चा लगायतका औजारहरु वडाले प्रदान गरिएको मालिका गाउँपालिकाले जनाएको छ ।

६१२ जनालाई प्रत्येक वडाका बिकास निर्माणका आयोजनाको काम , सडक मर्मत , नाली खन्ने , सिडि चिन्ने लगायतका कामहरुमा लगाईएको छ । अति बिपन्नहरुलाई पचास दिन बराबरको रोजगारले पनि घरपरिवार चलाउनका लागि सहयोग पुग्ने गैरेले बताए।
उनीहरुको दैनिकी ज्याँला ५१७ रहेको र उनिहरुको पारिश्रमिक बैङक खाता खोली खातामा जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

