तुलसीराम पौडेल /रुपन्देही , माघ १५ रुपन्देहीको शुद्धोधन गाउँपालिका–३, रमवापुरस्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा माघ १६ गतेदेखि श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान–विज्ञान महायज्ञ सञ्चालन हुने भएको छ। क्याम्पसमा नयाँ प्राविधिक शैक्षिक कार्यक्रमहरू— BBA (Bachelor of Business Administration),BITM (Bachelor of Information Technology Management), BCA (Bachelor of Computer Application) तथा PGD (Post Graduate Diploma) सम्बन्ध प्राप्त गरी सञ्चालन गर्ने उद्देश्यले उक्त महायज्ञको आयोजना गर्न लागिएको क्याम्पस प्रशासनले जनाएको छ। वि.सं. २०५९ सालमा तत्कालीन शिक्षाप्रेमी अगुवाहरूको परिकल्पना र महायज्ञकै जगबाट स्थापित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसले हाल स्नातक तहका BA, B.Ed र BBS कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यसैगरी, वि.सं. २०६९ मा पुनः आयोजना गरिएको सफल महायज्ञको माध्यमबाट यस क्षेत्रमा स्नातकोत्तर तह (MBS) सम्मको शिक्षा प्रदान गर्दै आएको छ। क्याम्पसले अन्तर्राष्ट्रिय गुणस्तर प्रत्यायन प्रमाणपत्र QAA समेत प्राप्त गरिसकेको छ। माघ १६ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञमा प्रमुख वाचकका रूपमा सुप्रसिद्ध कथावाचक गुरु श्री चैतन्य कृष्ण महाराज ज्यूले आफ्नो मुखारविन्दबाट दैनिक रूपमा सुमधुर, संगीतमय तथा लीलामय अलौकिक प्रवचन प्रदान गर्नुहुनेछ। महायज्ञको औपचारिक उद्घाटन माघ १६ गते शुक्रबार दिउँसो १ बजे स्वामी मुकिनाथ बाबाज्यूको करकमलबाट हुने कार्यक्रम तय गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।