राष्ट्रिय दैनिक /नवलपरासी ,१५ माघ लुम्बिनी प्रदेश सरकारका प्रदेशसभा सदस्य वैजनाथ जैसवालकाे विशेष पहलमा क्षेत्र विकास योजनाअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित १० लाख रुपैयाँ बजेटबाट पाल्हिनन्दन गाउँपालिका वडा नं. ५, गेरमामा अवस्थित शिव मन्दिरको भौतिक पूर्वाधार निर्माण कार्य सुरु भएको छ। आज माननीय जैसवालकाे करकमलबाट वैदिक विधिअनुसार पूजापाठ गरी निर्माण कार्यको औपचारिक शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो। धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको उक्त शिव मन्दिरको पूर्वाधार विकासले मन्दिर क्षेत्रको संरक्षण, सौन्दर्यकरण तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, युवा तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले विकास र धार्मिक सम्पदाको संरक्षणलाई समान रूपमा अघि बढाउनु पर्ने आवश्यकता औँल्याउँदै माननीय जैसवालकाे पहलप्रति धन्यवाद व्यक्त गरे। स्थानीयवासीका अनुसार लामो समयदेखि मन्दिरको व्यवस्थित संरचना र आवश्यक पूर्वाधारको अभाव रहँदै आएको थियो। अहिले बजेट सुनिश्चित भई निर्माण कार्य सुरु हुनु स्थानीय समुदायका लागि खुसीको विषय बनेको छ। उक्त आयोजनाले धार्मिक आस्था मजबुत बनाउनुका साथै स्थानीयस्तरमा सामाजिक एकतामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।