पर्सा–४ लाई नमुना क्षेत्र बनाउने प्रतिबद्धता : जसपा उम्मेदवार डा. कृपासिन्धु चौधरी

राजन कुमार बानिया / पर्सा , माघ १३

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा छिपहरमाई गाउँपालिका वडा नम्बर–२ टिहुकीमा वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखी आयोजित भेलामा चुनावी रणनीति, संगठन सुदृढीकरण तथा पार्टीपंक्तिको प्रभावकारी परिचालनका विषयमा गम्भीर छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपाल पर्सा–४ तर्फका प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार डा. कृपासिन्धु प्रसाद चौधरीले पर्सा–४ लाई विकास, सुशासन र अवसरको दृष्टिले देशकै नमुना क्षेत्र बनाउने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवाको ऊर्जा, अनुभवको मार्गदर्शन र जनताको भरोसामा आधारित समावेशी विकासको खाका अघि सार्नुपर्नेमा जोड दिनुभयो।
डा. चौधरीले रोजगारी सिर्जना, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवालाई आफ्नो प्राथमिक एजेन्डा रहेको उल्लेख गर्दै पार्टी संगठनलाई बलियो बनाएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गर्नुभयो। साथै उहाँले आफ्नो बुथमा छाता छापमा मजबुतीका साथ मतदान गर्नसमेत अपिल गर्नुभयो।
अगुवा भेला कार्यक्रममा रामपुकार यादव, इन्द्राशन साह कलवार, बिरेन्द्र महतो केवट, सचिन सिंहलगायत पार्टीका अगुवा तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot