Rashtriya Dainik

रौतहटको मौलापुरमा भाेजपुरी कलाकार अक्षरा सिंह र चिन्टु पाण्डेय अाउदै

 

उमेश बि.क / काठमाडौं ,१८ फाल्गुन

रौतहटको मौलापुरमा शिवरात्रिकाे अवसरमा भाेजपुरी कलाकार अक्षरा सिंह र प्रदीप पाण्डे ‘चिन्टु’ अाउने भएको छन।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रौतहटको मौलापुर नगरपालिकाले फागुन २७ गते पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा महाशिवरात्री विशेष मेला अायाेजना गरिएको छ।

मौलापुर नगरपालिकाको ५ नम्बर वडा पतौरास्थित मन्दिर प्राङ्गणमा हुने उक्त महाशिवरात्री विशेष मेलालाई लक्षित गरी आयोजना गर्न लागिएको हो । आयोजक मौलापुर नगरपालिकाले यस अवसरमा करिब २ लाख दर्शक भित्र्याउने लक्ष्य लिएको छ ।

यस क्षेत्रको ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुन गईरहेको महाशिवरात्रिक विशेष मेला सहअायाेजक एस राज प्रोडक्सनसका सन्चालक सन्ताेष राज सहानिले जानकारी दिनुभएको छ। फागुन २७ गते १ बजे  नेपाली एवम् भारतीय लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमसहित दर्जनौ क्रियाकलाप आयोजना हुने बताइएको छ ।

सह-आयोजक एस राज प्रोडक्सनस प्रा.लि को सन्तोष राज सहनीका अनुसार भोजपुरी सिनेमा क्षेत्रका चर्चित नायिका अक्षरा सिंह तथा
चर्चित नायक प्रदीप पाण्डे ‘चिन्टु’ ,नेपाली तथा भोजपुरी गायिका सेलिना कुँवर,गायक तथा संगीतकार सन्तोष राज सहानी,सुनिल पंडित,सरिता साह,प्रिति ,रचना सिवाकोटी,अर्जुन बि.सि,पुजा जनकपुरवालि तथा विजय यादव लगाएत कलाकारकाे बेजोड सांस्कृतिक प्रस्तुति रहनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित