Rashtriya Dainik

मन्त्री चौधरी द्वारा यस बर्ष करिब २ अर्ब बराबर योजना गृह जिल्लामा

आज सोमबार मात्र मन्त्री चौधरीले २ वटा पुलको शिलन्यास गरेका छन् भने अन्य २ वटा पुलको उद्घाटन गरेका छन् । ति चार वटा पुलको लागत २५ करोडको छ । उद्घाटन गरेका पुलमा सुनवल नगरपालिका अन्तरगतको महलपोखरीहुँदै पाल्पा सडक जोड्ने पुल र बर्दघाट र सुनवल नगरपालिका जोड्ने खुर्सानी खोलाका पुल छन् । त्यसैगरी सोमबार नै शिलन्यास गरेका पुलमा रामग्राम नगरपालिकाको घिनहवा सडकको पुल तथा रामग्राम र सुनवल जोड्ने तुरिया खोलामा अर्को पुल शिलन्यास गरिएको छ । शिलन्यास गरेका पुल २ वर्षभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ ।
यसवर्ष सडक सञ्जाल र पुल निर्माण अन्तरग भई रहेका कामहरु केही सम्पन्न भइसकेका छन् । भने केही निर्माणका चरणमा छन् । नवलपरासी जिल्लामा हरेक वर्ष करिब २ अर्ब बराबरका भौतिक पूर्वाधारका योजनाहरु प्रदेश सरकारबाट छुट्टिने गरेको भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए ।
छुट्टाएका योजनामा सबैभन्दा बढी पुल निर्माणका योजना प्राथमिकतामा परेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी पश्चिम नवलपरासी जिल्लाका भएका कारण पनि जिल्लामा भौतिक पूर्वाधारका योजनाले प्राथमिकता पाएको बताइन्छ ।

स्थानीयहरुको मागका आधारमा अति आवश्यक योजनाहरुलाई प्राथमिकतामा राखेर काम गरेकोले त्यसको संरक्षणका लागि स्थानीयहर नै लाग्नु पर्नेमा उनले जोड दिए । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री चौधरीले प्रदेश सरकारले आगामी वर्ष पनि विभिन्न स्थानीय तहहरुमा सडक सञ्चाल, खानेपानी,पुल निर्माणदेखि रामग्रामको विकासका लागि बजेट विनियोजन गर्ने बताए
लुम्बिनी प्रदेश सरकारले पश्चिम नवलपरासीका लागि यस वर्ष करिब २ अर्ब बराबरको भौतिक पूर्वाधारका योजना छुट्टाएको छ ।।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित