पश्चिम नवलपरासीको सम्मेमाइ युवा क्लब सरावल गाउपालिका वडा नम्बर ४ हात्तीबनको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगिता आज सोमबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । क्लबका अध्यक्ष सन्तराम केवटको अध्यक्षता तथा राष्टिय युवा संघ नेपालका केन्द्रिय सचिव रमेश पौडेलको प्रमुख आथित्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।
बिभिन्न टिमको सहभागिता रहेको प्रतियोगितामा राधाकुमारी क्रिकेट क्लब ठुठीबारी प्रथम , ढोलबजवा क्रिकेट क्लब द्धितिय स्थान हासिल गरेका छन ।

प्रतियोगितामा प्रथम हुने समुहलाइ नगद रु बिस हजार रुपैया र द्धितिय हुने समुहलाइ नगद रु १० हजार नगद प्रदान गरीएको आयोजकले जनाएको छ । प्रतियोगितामा बालगोबिन्द चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेकपाका युवा नेता सुखाडी चौधरी , सुरेश यादव , राष्टिय युवा संघ नवलपरासी जिल्ला सदस्य बिक्रम पौडेल , शिव शक्ति युवा क्लबका सचिव सलिम राइन, जनसेवा युवा क्लबका अध्यक्ष गोपी चन्द्र हरीजन लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन कमलेश कहारले गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

