Rashtriya Dainik

फेरि बढयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो । त्यस्तै, र आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको छ ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १६ रुपैयाँ, डिजेल तथा मट्टितेलको ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९३ अमेरिकी डलर कायम भएको छ । ग्यासको मूल्य भने १ हजार ४ सय रुपैयाँमा यथावत राखिएको छ ।

वृद्धि भएको मूल्यमा बिक्री गर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ, डिजेलमा ६.५६ रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा नोक्सान रहेको निगमले जनाएको छ । मागको प्रक्षेपणका आधारमा यो मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा निगमलाई १५ दिनमा १ अर्ब ३२ करोेड नोक्सान हुन्छ ।

मूल्य बढ्दा पनि सीमावर्ती भारतीय बजारमा भन्दा नेपालमा पेट्रोलको मूल्य  ९५.९३ रुपैयाँ र डिजेलको मूल्य ४२.०७ रुपैयाँ सस्तो पर्न जाने निगमले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित