Rashtriya Dainik

गेरमामा विराट दंगल प्रतियोगिता : देवा थापा, पन्ने लाल देखि महिला पहलवान अनामिका आउने

रंजीत शर्मा / नवलपरासी १७ फाल्गुन ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा न० ५ गरेमा आयोजना हुने मेलामा विराट दंगल प्रतियोगिता हुने भएको छ ।

प्रचनी एतिहासिक शिव पार्वती राम जानकी र हनुमान मन्दिरलाई पर्टकिय स्थल र व्यवस्थापन गर्ने उद्देश्यले महा शिवरात्रीको अवसरमा लाग्ने मेलामा विराट दंगल( कुस्ती) प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता र मेला मिति २०७७/११/२७ र २८ गते दुई दिने हुने कार्यक्रममा भारतको गोरखपुरका पन्ने लाल, अनिल साहनी पंजाबको जावेद गन्नी झासिकी महिला पहलवान अनामिका तथा नेपाल प्रसिद्ध पहलवान देवा थापा , राजु थापा लगायत नेपाल र भारतका ३५ भन्दा बढी पहलवान सहभागिता हुने आयोजकले जनाएको छ।

प्रतियगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमश १ लाख , ५० हजार र २५ हजार पुरस्कार स्वरुप प्रदान गरिने छ।

कार्यक्रम राष्ट्रिय दैनिक मिडियाको फेसबुक पेज तथा युट्युब च्यानल बाट प्रत्यक्ष प्रसरण गरिने छ भने कार्यक्रम प्रायोजक को लागि सबै संघ संस्था, पसल तथा व्यवसायहरूको लागि खुला गरको छ ।

कार्यक्रममा पूजा आराधनाको साथ साथै दंगल (कुस्ती) प्रतियोगिता र भव्य मेला लाग्ने भएको छ भने मेलामा पसल राख्नको लागि निःशुल्क रूपमा खुला गरको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित