सरावल २ मनरीमा २०औँ खिचडी माघी महोत्सव सुरु, थारु संस्कृति र पहिचानको उत्सव

उमेश बि.क / नवलपरासी ,३० पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मनरीमा २०औँ खिचडी माघी महोत्सव सुरु भएको छ।

श्रीराम युवा प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानका अध्यक्ष चक्रमणी चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री खडक बस्नेतको प्रमुख आतिथ्यतामा मेला शुभारम्भ भएको हो।

२०औँ खिचडी माघी महोत्सवलाई सम्बोधन गर्दै पूर्व मन्त्री खडक बस्नेतले समाजको पहिचान जोगाउन नसके समुदाय क्रमशः लोपतर्फ जान सक्ने चेतावनी दिएका छन्। उनले भन्नुभयो—“पुस्तान्तरणसँगै आफ्नो संस्कृति, भाषा, भेषभूषा र परम्परा हस्तान्तरण गर्न नसक्दा समाजको अस्तित्व नै संकटमा पर्न सक्छ। माघी पर्व केवल उत्सव मात्र नभई आत्मचिन्तन, आत्मसुधार र सामाजिक एकताको प्रतीक हो। समाजको नेतृत्व गर्न चाहने व्यक्तिले आफ्ना अवगुण पहिचान गरी सुधार्दै अगाडि बढ्नुपर्नेछ।” उहाँले माघी पर्वले थारु समुदायलाई आफ्नो पहिचानप्रति गर्व गर्न, प्रकृतिसँग सन्तुलनमा बाँच्न र भावी पुस्तालाई संस्कारसहित मार्गदर्शन गर्न प्रेरणा दिने उल्लेख गर्नुभयो।

त्यस्तै सरावल गाउँपालिका निवर्तमान अध्यक्ष राधेश्याम चौधरीले भने—“थारु सभ्यता प्रकृति पूजामा आधारित छ र नयाँ वर्ष खिचडी पर्वबाट सुरु हुन्छ। माघी केवल रमाइलोको पर्व नभई आत्ममूल्यांकन, नयाँ संकल्प र सामाजिक अनुशासनको प्रतीक हो। यसले भाषा, संस्कृति र पहिचान जोगाउँदै भावी पुस्तासम्म हस्तान्तरण गर्न प्रेरणा दिन्छ।” अध्यक्ष चौधरीले आपसी सद्भाव, सहकार्य र सामाजिक एकता बलियो बनाउँदै समुन्नत समाज निर्माणतर्फ अघि बढ्न सबैलाई आग्रह गर्नुभयो।

त्यस्तै थारु समाजसेवी कृष्णदत्त गौरभ थारुले थारु सभ्यता बुद्धकालदेखि इतिहाससँग गहिरो सम्बन्ध राखेको बताउनुभयो। उहाँका अनुसार थारु समुदायको सांस्कृतिक र धार्मिक परम्परा प्राचीन कालदेखि निरन्तर रूपमा विकसित हुँदै आएको छ।

२०औँ खिचडी माघी महोत्सवमा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी, उपाध्यक्ष बासमती हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, सरावल २ कार्यवाहक वडाअध्यक्ष नरेन्द्र चौधरी, सरावल उद्योग बाणिज्य संघ अध्यक्ष शुसान्त घिमिरे, वरिष्ठ उपाध्यक्ष बिरेन्द्र यादव लगायतको उपस्थिती रहेको थियो।

माघ २ गतेसम्म सन्चालन हुने मेलामा थारु सांस्कृतिक नृत्य, थारु नाटक, रक्तदान कार्यक्रम, ढकिया दौड प्रतियोगिता, भलिबल प्रतियोगिता लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियाे।

मेलाको विशेष आकर्षणका रूपमा थारु घर निर्माण गरिएको छ, जहाँ थारु समुदायका परम्परागत सामग्री, जीवनशैली र संस्कार झल्किने सामग्री प्रदर्शनका लागि राखिएका छन्। आयोजकले जनाएको छ, यसले आगन्तुकलाई थारु समुदायको मौलिक संस्कृति, रहनसहन र ऐतिहासिक पहिचान नजिकबाट बुझ्ने अवसर प्रदान गर्नेछ।

प्रतिष्ठानका पुर्वअध्यक्ष भेष नारायण चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको महोत्सवको सञ्चालन नगेन्द्र चौधरी र केशव चौधरीले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot