पुरन अधिकारी ,सुनवल
नेपाल सरकार र स्वीस सरकार बीच भएकाे द्धिपक्षिय सम्झौता अनुसार श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय सरकारहरुकाे नेतृत्व तथा हेल्भेटास नेपालकाे प्राविधीक सहयाेगमा सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालित छ । परियाेजना अन्तरगत सुनवल नगरपालिकाको नेतृत्व र इन्द्रेणी सामाजिक विकास मञ्च मार्फत बैदेसिक राेजगारीसग सम्बन्धीत विदेशवाट फर्केर आएका फेरी जान तैयारी गरेका, सम्भावित कामदार र विदेशमा रहेका घर परिवार लाई लक्षित गरी सुनवल नगरपालिका वडा नं १ बनाहामा समुदाय स्तरीय अभिमुखीकरण कार्यक्रममा अध्यक्षता वडा सदस्य मान बहादुर थापा ज्यू र वडा सदस्य युद्ध जङ्ग जिसि एवं सुनवल माध्यमिक विधालयका अध्यक्ष सुविन्द्र कवर योगीको विशिष्ट अातिथ्यतामा पहिलो दिनको कार्यक्रम सम्पन्न भएकाे छ ।

परियोजनाका सामाजिक परिचालक जीवन बि.क. र मनोपरामर्शकर्ता सुमित्रा चौधरीले सहजिकरण गर्नुभएको कार्यक्रमको सन्चालन रिटर्नि स्वयमसेवक पुरन अधिकारीले गर्नुभएको थियो ।कार्यक्रममा विदेश जानु अघि अपनाउनु पर्ने सावधानी ,विदेशमा अाउन सक्ने समस्या ,विमा र श्रमको महत्त्व वैदेशिक रोजगारीमा अाउने समस्याको कानुनी उपचार र नेपाल सरकारले प्रदान गर्ने नि:शुल्क सिपका बारेमा जानकारी जानकारी दिनुको साथै सहभागीका समस्यामा छलफल समेत गरिएको थियो ।कार्यक्रममा सरोकारवाला साठी जनाको उपस्थिति रहेको थियोे भने कार्यक्रम दुई दिन सम्म चल्नेछ ।।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

