सरकारी निर्देशनको ठाडो उल्लंघन, नवलपरासीका पाँच इँटा उद्योगले समयअघि नै लगाए आगो

रञ्जीत शर्मा/ नवलपरासी, २६ पुस

सरकारी निर्देशनको अवज्ञा गर्दै नवलपरासी जिल्लाका पाँच वटा इँटा उद्योगले तोकिएको समयभन्दा अगाडि नै इँटा पोल्न आगो लगाएको भन्दै आम नागरिकले गम्भीर आपत्ति जनाएका छन्। प्रतिबन्धित अवधिमै आगो लगाइएपछि वातावरण प्रदूषण तीव्र रूपमा बढेको स्थानीयवासीको गुनासो छ।
स्थानीय बासिन्दाका अनुसार इँटा उद्योगबाट निस्कने बाक्लो धुँवोले बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। “सरकारको स्पष्ट निर्देशन हुँदाहुँदै पनि उद्योगहरूले खुलेआम आगो लगाएका छन्, धुँवोका कारण सास फेर्नै गाह्रो भएको छ,” एक स्थानीयले आक्रोश व्यक्त गरे।
नागरिकहरूले पटक–पटक सम्बन्धित निकायमा जानकारी गराउँदा पनि हालसम्म कुनै प्रभावकारी अनुगमन वा कारबाही नभएको गुनासो गरेका छन्। यसले स्थानीय प्रशासन र सरोकारवाला निकायको उदासीनता झल्किएको उनीहरूको भनाइ छ।
औद्योगिक व्यवसाय ऐन २०७६ को दफा २० को उपदफा १० अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा बसेको औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको २४३औँ बैठकको निर्णयअनुसार प्रत्येक वर्ष माघ १ गते (पुस मसान्तपछि) मात्र इँटा पोल्ने कार्य सुरु गर्नुपर्ने व्यवस्था छ। सोही निर्णय कार्यान्वयन गर्न घरेलु तथा साना उद्योग कार्यालयले गत कार्तिक १४ गते जिल्लाका सबै इँटा उद्योगलाई पत्राचार गरेको थियो।
तर उक्त सरकारी निर्णय र पत्राचारलाई बेवास्ता गर्दै जिल्लाका केही इँटा उद्योगीहरूले आफूखुसी पुस १५ गतेदेखि नै इँटा पोल्न सुरु गरेका पाइएको छ। जिल्लामा रहेका १६ वटा इँटा उद्योगमध्ये डियुबी इँटा उद्योग, हरीकृष्ण इँटा उद्योग (रामग्राम–१३), सरावल–२ मनरीस्थित उद्योग, सीएम इँटा उद्योग रामग्राम, शुभ इँटा उद्योग जहदा बर्दघाट लगायतले सरकारी नियमको ठाडो उल्लंघन गरेको स्थानीयको आरोप छ।


स्थानीयवासीले तत्काल अनुगमन गरी दोषी उद्योगमाथि कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन्। समयमै नियन्त्रण नगरे जनस्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै उनीहरूले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot