चुनाव बहिष्कार गर्न अपिल गर्दै सुस्तामा घरदैलो

नवलपरासी, २५ पौष –  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुस्ता गाउँ संगठन समितिले संसदीय निर्वाचन बहिष्कार गर्न अपिल गर्दै घरदैलो कार्यक्रम शुरु गरेको छ । सुशिला कार्की नेतृत्वको कठपुतली सरकार खारेज गरेर स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने र त्यसले मात्र देशको राजनीतिक गतिरोध अन्त्य हुने पार्टीको ठहर रहेको सुस्ता गाउँ संगठन समिति संयोजक सोम बहादुर विश्वकर्माले जानकारी दिए ।
पार्टी केन्द्र, ब्युरो, जिल्ला समिति र गाउँ संगठन समितिको बैठकले निर्वाचन बहिष्कारको योजना बनाएकोले निर्वाचन बहिष्कारको अपिल गर्दै घरदैलो अभियान संचालन गरेको विश्वकर्माको भनाई छ । ‘हामीले पटक पटक संसदीय पार्टीका नेताहरुलाई भोट हाल्दै आयौ’ –सुस्ता–१ छघरेमा घरदैलोको क्रममा उनले भने– ‘जेनजी बिद्रोह पछि देश झन् संकटमा गयो । राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा काम हुन सकेन ।’
मजदुर, किसान र सबै श्रमिकवर्गको हित चुनावले गर्न नसक्ने भएकोले निर्वाचन औचित्य नभएको उनले बताए ।


कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला सदस्य महेन्द्र राजभर,कमल हरिजन प्रल्हाद हरिजनलगायतले घरदैलोमा सहभागी भएर जनतालाई मत दिन नजान आग्रह गरेका थिए । उनीहरुले पार्टीको झण्डा सहित बहिष्कारको पर्चा समेत लिएर घरघरमा आब्हान गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot