प्रथम त्रिवेणी गोल्ड कप: भुमही रिकन्डिसन एफ.सी. १–० ले विजयी

आरपि उपाध्याय /नवलपुर,२० पुस

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ मा सञ्चालन भइरहेको प्रथम त्रिवेणी गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार त्रिवेणीमा प्रतिस्पर्धात्मक खेल सम्पन्न भएको छ।

त्रिवेणी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत भुमही रिकन्डिसन एफ.सी., सुनवल–१२ र नव युवा क्लब, सूर्यनगर बर्दघाट–१६बीच नारायणी गण्डकी साधारण तथा संस्कृत माध्यमिक विद्यालय, त्रिवेणीको खेल मैदानमा निकै संघर्षपूर्ण खेल भएको हो। निर्धारित समयमा भुमही रिकन्डिसन एफ.सी.ले नव युवा क्लब सूर्यनगरलाई १–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको खेल संयोजक पवन गुरुङले जानकारी दिनुभयो।
खेलमा भुमही रिकन्डिसन एफ.सी.का सन्दीप महतो उत्कृष्ट खेलाडी घोषित हुनुभएको आयोजकले जनाएको छ। उत्कृष्ट खेलाडी महतोलाई लुम्बिनी फुटबल संघका महासचिव भिमकाजी गुरुङले कप प्रदान गर्दै अनुशासन नै सफल खेलाडीको प्रमुख आधार भएको र अनुशासित खेलाडीले मात्र उत्कृष्ट नतिजा हासिल गर्न सक्ने सुझाव दिनुभयो।

“वन, वन्यजन्तु तथा वातावरण संरक्षण तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस प्रतियोगितामा पूर्व र पश्चिम नवलपरासी तथा भारतको बिहार राज्यको पश्चिमी चम्पारणबाट गरी कुल १० टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष अमर भट्टराई क्षेत्रीले जानकारी दिनुभयो।

यसैबीच, आइतबार सम्पन्न खेलका सन्दर्भमा हाम्रा वरिष्ठ संवाददाता आर.पी. उपाध्यायले नव युवा क्लब सूर्यनगरका उपाध्यक्ष मीन बहादुर गुरुङसँग गरेको संक्षिप्त कुराकानीमा गुरुङले स्वास्थ्य र राष्ट्रका लागि खेलकुद आवश्यक रहेको बताउँदै अनुशासन, लगनशीलता र विनम्रताका साथ खेल खेलिएमा सकारात्मक नतिजा प्राप्त हुने धारणा व्यक्त गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot